यिनै हुन प्रहरीको अश्रुग्यास र गोली प्रहारबाट मृत्यु भएकी नबिना चौधरी

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तु पीडित स्थानिय प्रदर्शनकारी माथी प्रहरीद्वारा हस्तक्षेप गरि अश्रुग्यास र गोली प्रहारबाट मृत्यु भएकी नविना चौधरीको मृत्युले निशब्द बनाएको छ । २०७९ जेठ २३ गते कक्षा १२ को परीक्षा सकेर घर फर्कदै थिइन् उनी । बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आक्रमणबाट स्थानीय बासिले ज्यान गुमाउनु परेको छ । […]

असार १ गतेदेखि मतदाता नामावली संकलन

काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरू गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन […]

संसद बैठकको आजको सम्भावित कार्यसूची यस्तो छ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।

नवलपरासीमा कार्यरत पत्रकार रुखबाट लडेर मृत्यु

नवलपरासी । नवलपरासीमा कार्यरत एक जना पत्रकार घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको छ। ज्यान गुमाउनेमा धुर्कोट गाउँपालिका – ४ जैसीथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो। पोखरेल गाउँमा जादा आफ्नो घरभन्दा केही तल दिउँसो २ बजे घाँस काट्ने क्रममा आँपको रूखबाट लडेर घाईते भएका थिए । उनलाई […]

चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन, जेठ २४ । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक घैलाघारी मध्यवर्ती सामुदायिक वनमा मंगलबार दिउँसो बाघको आक्रमणमा परेकी भरतपुर महानगरपालिमा-२३ घैलाघारीकी अन्दाजी ५० वर्षीया मंगली बोटेको ज्यान गएको हो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार बोटे अन्य तीन जना साथीहरूसँग निउरोको […]

नवलपरासीमा आफ्नै काकीलाई दिउँसै गोली चलाउने हंसराज सुनवल वन्कट्टीबाट पक्राउ

नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा सोमबार दिउँसै गोली हान्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव रहेका छन्। हिजो सोमबार जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा सोमबार दिउँसो आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए । हंसरामका बाबु र काकीबीच अदालतमा अंश […]

बर्दियामा प्रहरीको गोली लागेर किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहद्वारा समिति गठन

बर्दिया, जेठ २४ । बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सोमबार मधुवन नगरपालिका-२ मा १८ वर्षीया नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई काम सुरू गरेको मितिले […]

बर्दियामा जनतामाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार, एक किशोरीको मृत्यु २० जना घाइते (भिडियोसहित)

बर्दिया, जेठ २४ । बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । बाघ स्थानान्तरणको माग गर्दै मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । गोलीले लागेर मधुवन–२ की १८ वर्षीया नवीना थारूको मृत्यु भएको स्थानीय सीताराम थारूले जानकारी दिए । अर्का राकेश चौधरीको काखीमुनी […]

सुन काण्डमा जेल परेका लोहनीको यसरी सम्भव भयो ‘एआईजी यात्रा’

काठमाडौं । उनकै ब्याचीहरुले समेत दिवेश लोहनीलाई संगठनको नेतृत्व हाँक्नेसक्ने प्रहरी अधिकृतका रुपमा हेरेका थिए । तर तत्कालीन अपराध महाशाखाको नेतृत्व सम्हाल्दा उनले आफ्नो क्षेत्रभन्दा बाहिर गएर गरेको एउटा अप्रेसन लोहनीका लागि अभिशाप बन्यो । ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा लोहनी जेल नै पुगे । उनी र अन्य बहालवाला ६ जना […]

जनक शिक्षाको दाबी- सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशका ७७ जिल्लामै पाठ्यपुस्तक पुगिसकेको दाबी गरेको छ । कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जिल्लाहरूमा पुर्‍याइएको लिमिटेडको भनाइ छ। पाठ्यपुस्तक जिल्लाहरूमा पुर्‍याई जेठ ५ गतेदेखि विक्री वितरणसमेत थालेको दाबी लिमिटेडको छ। ‘कतिपय अवस्थामा स्थानीय विक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयहरूबाट समयमै नलैजाने, स्थानीय विक्री विक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयले […]