बुटवल । रुपन्देहीको सैनामैना–६ स्थित एक कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहानपखबाट उद्योगमा आगलागी भएको र अहिले नियन्त्रणमा आएको सैनामैनाका प्रमुख फणेन्द्र प्रसाद शर्माले जानकारी दिए।




उनका अनुसार त्यहाँको क्षतिबारे थप विवरण आउन बाँकी छ । विद्युतको लाइन सट भएपछि आगलागी भएको प्रमुख शर्माले जानकारी दिए।




आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी लगायतको सक्रियतामा नियन्त्रणमा लिइएको उनले यस अनलाईनलाई जानकारी दिए।















