स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

बुलिङटार २४ भदाै । आ.व. २०८२/८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनमा बुलिङटार गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनका आधारमा बुलिङटार गाउँपालिकालाई प्रथम स्थान प्रदान […]

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न

बुलिङटार २२ भदौ । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यान्वयन तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य चौकीको वर्तमान अवस्था तथा सेवा प्रवाहको समग्र समीक्षा गरिएको थियो । […]

बुलिङटारको डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) प्रगति समीक्षा कार्यक्रम सम्पन्न

बुलिङटार १९  नवलपुर । बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) सम्बन्धी प्रगति लेखाजोखा तथा समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरूलाई अझ प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा डाँडाझेरी स्वास्थ्य चौकीको वर्तमान […]

कोटथर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) प्रगति समीक्षा

बुलिङटार १८ भदौ । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुलिङटार गाउँपालिका–१ थामबेसीस्थित कोटथर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यान्वयन तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुँदै आएका सेवाहरूलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य चौकीको वर्तमान अवस्था, उपलब्ध स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति […]

बुलिङटारमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

नवलपुर १८ भदौ । बुलिङटार गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलमाया रानाको अध्यक्षता रहेको थियो । कार्यक्रममा गाउँपालिकाअन्तर्गतका आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रममा […]

अस्पताल भवनको आवासीय प्रयोगबारे गाउँपालिकाको स्पष्ट सन्देश: ‘सेवा प्रवाहलाई सहज बनाउन अस्थायी व्यवस्था’

बुलिङटार १६ साउन । बुलिङटार गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, सिङ्गुवाको नयाँ भवनको दोस्रो तलाका केही कोठा स्वास्थ्यकर्मीको अस्थायी आवासका रूपमा प्रयोग गरिएको विषयमा स्पष्टिकरण दिएको छ । सामाजिक सञ्जालमा उक्त विषयलाई लिएर विभिन्न टिप्पणीहरू आएपछि गाउँपालिका, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य चौकी प्रमुख तथा अस्पताल प्रशासनले संयुक्त रूपमा ध्यानाकर्षण जनाउँदै हालको व्यवस्था पूर्ण रूपमा अस्थायी भएको […]

निजी शिक्षा र स्वास्थ्यमा प्रस्तावित ३ प्रतिशत ‘समता कर’ तत्काल लागू नहुने, सरकारद्वारा निर्णय स्थग

काठमाडौँ ०५ साउन । सरकारले चौतर्फी विरोध र जनस्तरबाट उठेका गुनासाहरूलाई सम्बोधन गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय भएको हो।उक्त कर अहिलेकै व्यवस्था […]

बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न

बुलिङटार १४ वैशाख। बुलिङटार गाउँपालिकामा “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” भन्ने मूल नाराका साथ “पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह” भव्यताका साथ सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्षज्यूको अध्यक्षतामा आयोजित यस विशेष कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का कार्यालय प्रमुख श्री केशव प्रसाद चापागाईं ज्यूको प्रमुख विशेष उपस्थितिमा कार्यक्रम भएको हो । […]

बुलिङटार गाउँपालिकाकाको समन्यवमा जलवायु मैत्री कृषि तथा महिला सशक्तिकरण कृषि मेला–२०८२ सम्पन्न

बुलिङटार  १९ माघ । बुलिङटार गाउँपालिकाकाको समन्यवमा Youth Action for Sustainable and Eco Nepal (YASEN) को आयोजनामा महिला समूहलाई सशक्त बनाउँदै सामुदायिक बिउ बैंक स्थापना गर्ने उद्देश्यसहित “जलवायु मैत्री कृषि तथा महिला सशक्तिकरण कृषि मेला–२०८२” सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्री दीपेन्द्र सुनारी मगरले जलवायु परिवर्तनले कृषिमा पारेको गम्भीर असरप्रति ध्यानाकर्षण […]

बुलिङटारमा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न

बुलिङटार २५ कार्तिक । बुलिङटारमा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्थानिय नागरिकहरूलाई आफ्नै गाउँमै सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बुलिङटार गाउँपालिका अध्यक्ष इ. दिपेन्द्र सुनारी मगरको पहलमा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो । बुलिङटार गाउँपालिका कार्यालय, भरतपुर आँखा अस्पताल र कुमारी सार्वजनिक […]