कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । बुलिङटार गाउँपालिका–१, कोटथरस्थित कोटथर स्वास्थ्य चौकीमा दुई वर्षमुनिका बालबालिका तथा उनीहरूका आमाको सहभागितामा ‘खोपसँगै सरसफाइ’ सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको स्वास्थ्य सुरक्षा, रोगको रोकथाम तथा सरसफाइसम्बन्धी सकारात्मक व्यवहारको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नियमित खोप सेवा प्रदान गर्नुका साथै आमाहरूलाई बालस्वास्थ्य प्रवर्द्धन, व्यक्तिगत स्वच्छता र सरसफाइसम्बन्धी […]
डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

बुलिङटार, नवलपुर। डाँडाझेरी स्वास्थ्य चौकीमा दुई वर्षमुनिका बालबालिका तथा उनीहरूका आमाहरूको सहभागितामा ‘खोपसँगै सरसफाइ’ सम्बन्धी विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बालबालिकाको स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम तथा सरसफाइसम्बन्धी स्वस्थ बानीको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा नियमित खोप सेवासँगै सरसफाइ र व्यक्तिगत स्वच्छतासम्बन्धी सचेतना प्रदान गरिएको थियो । कार्यक्रमअन्तर्गत दुई वर्षमुनिका बालबालिकालाई राष्ट्रिय […]
बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३१औँ वार्षिक उत्सव हुँदै, राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने

बुलिङटार २६ असोज नवलपरासी पूर्व। नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–१, डाँडबेसी स्थित श्री अरुणोदय युवा क्लबले आफ्नो ३१औँ वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजना हुन लागेको वार्षिक उत्सवमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लोकदोहोरी धमाका र […]
बुलिङटार–३ मा आँखा उपचार केन्द्र सञ्चालनमा, स्थानीयस्तरमै सेवा उपलब्ध

बुलिङटार, असोज १६ — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका–३ मा नवस्थापित आँखा उपचार केन्द्रको औपचारिक सेवा शुभारम्भ गरिएको छ । भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ/हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान र बुलिङटार गाउँपालिकाबीचको सहकार्यमा स्थापना गरिएको केन्द्रको एक समारोहबीच गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीले रिबन काटेर विधिवत् उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई […]
नवलपुरमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरी मनाइयो विश्व फर्मेसी दिवस

गैंडाकोट ९ असोज । जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ भन्ने मूल नाराका साथ नेपाल फर्मेसी संघ (PHAN) जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा विश्व फर्मेसी दिवस भव्य रूपमा मनाइएको छ । दिवसको अवसरमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल फर्मेसी संघ नवलपुरकी वरिष्ठ उपाध्यक्ष शोभा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल फर्मेसी संघका केन्द्रीय सह-कोषाध्यक्ष […]
स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

बुलिङटार २४ भदाै । आ.व. २०८२/८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनमा बुलिङटार गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनका आधारमा बुलिङटार गाउँपालिकालाई प्रथम स्थान प्रदान […]
बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न

बुलिङटार २२ भदौ । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यान्वयन तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य चौकीको वर्तमान अवस्था तथा सेवा प्रवाहको समग्र समीक्षा गरिएको थियो । […]
बुलिङटारको डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) प्रगति समीक्षा कार्यक्रम सम्पन्न

बुलिङटार १९ नवलपुर । बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) सम्बन्धी प्रगति लेखाजोखा तथा समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरूलाई अझ प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा डाँडाझेरी स्वास्थ्य चौकीको वर्तमान […]
कोटथर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) प्रगति समीक्षा

बुलिङटार १८ भदौ । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुलिङटार गाउँपालिका–१ थामबेसीस्थित कोटथर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यान्वयन तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुँदै आएका सेवाहरूलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य चौकीको वर्तमान अवस्था, उपलब्ध स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति […]
बुलिङटारमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

नवलपुर १८ भदौ । बुलिङटार गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलमाया रानाको अध्यक्षता रहेको थियो । कार्यक्रममा गाउँपालिकाअन्तर्गतका आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रममा […]
