Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

बुलिङटार २४ भदाै । आ.व. २०८२/८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनमा बुलिङटार गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनका आधारमा बुलिङटार गाउँपालिकालाई प्रथम स्थान प्रदान गर्दै सम्मान–पत्र प्रदान गरेको हो ।

arkhala ads

सम्मान–पत्रमा स्वास्थ्य सेवाको प्रभावकारिता, गुणस्तरीयता र व्यवस्थापनमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै बुलिङटार गाउँपालिकालाई सम्मान गरिएको उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा प्राप्त यो उपलब्धिमा बुलिङटार स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ, बुलिङटार आधारभूत अस्पतालसहित गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था व्यवस्थापन समिति लगायतको महत्वपूर्ण योगदान रहेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक मार्गदर्शन, सहयोग र अभिभावकीय भूमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्ष ई. दीपेन्द्र सुनारी, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ ।

गाउँपालिकाले यो उपलब्धिलाई कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई समग्र बुलिङटारको सामूहिक सफलता भएको जनाएको छ। आगामी दिनमा समेत स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारितालाई थप सुदृढ गर्दै नागरिकलाई सहज र भरपर्दो आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे
IMG_5222

बुलिङटारको डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड...

  • २०८३ भदौ १९ | मध्यान्ह ०३:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved