मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल दुर्घटनामा चालक युवक घाइते

भरतपुर २७ साउन । भरतपुर महानगरपालिका वडा नं–२९, दासढुङ्गास्थित सडकखण्डमा मोटरसाइकल दुर्घटनामा चालक युवक घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ९० प ३६५८ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक तनहुँको देवघाट गाउँपालिका वडा नं–५ बस्ने २८ वर्षीय जनक अधिकारी घाइते भएका हुन् । घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल प्रहरी […]
चितवनमा गए राति एक गुडिरहेको बसमा अचानक आगलागी

चितवन २७ बैशाख । चितवनको रत्ननगर नगरपालिका–१६ कयरखोलास्थित भित्री सडक खण्डमा गए राति एक गुडिरहेको बसमा अचानक आगलागी भएको छ। पर्साबाट पिठुवा तर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०१८८ नम्बरको बसमा शुक्रबार राति १०ः४५ बजे तिर आगलागी भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा टोली खटिएको थियो […]
कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने

काठमाडौं ९ चैत । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए । बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय […]
विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने: प्रमुख रेनु दाहाल

भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् । पुलचोक-गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भए पनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताइन् ।
धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजना बारे काठमाडौंमा सम्पन्न

काठमाडौं ८ माघ । धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजनाबारे कार्यशाला गोष्ठी धौवादी फलाम कम्पनी लिमिटेडको आयोजनामा काठमाडौंमा सम्पन्न भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा,विभिन्न मन्त्रालयका सचिवहरू, बुलिङटार, बौंदीकाली, हुप्सिकोट गाउँपालिका र देवचुली नगरपालिकाका प्रमुखहरूको उपस्थिति थियो । धौवादी फलाम […]
राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज

काठमाडौं ६ माघ । राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरु मारमा पर्न सक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको […]
नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने

चितवन २४ पुस । नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको […]
१५औं चितवन महोत्सव २०८१ चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा हुने

भरतपुर १८ पौष ।१५औं चितवन महोत्सव २०८१ चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा हुने भएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । प्रत्येक २/२ वर्षमा हुँदै […]
विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप

चितवन १५ पुस । ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप लागेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को समापन कार्यक्रममा विद्यालय नै बन्द गरेर विद्यार्थी नलैजान आग्रह गरी ज्ञापन पत्र बुझाउन जाँदा दाहालले अपमान गरेको कांग्रेसनिकटको नेविसंघ र एमाले निकटको अनेरास्ववियुका विद्यार्थी नेताहरुले बताएका छन् । नगर […]
नेकपा (माओवादी केन्द्र) ले भोलि (मंगलबा) चितवनको भरतपुरमा खबरदारी सभा गर्दै

चितवन २४ मंसिर । ने.क.पा. (माओवादी केन्द्र) ले भोलि (मंगलबार) सरकारविरुद्ध आन्दोलन चितवनको भरतपुरमा खबरदारी सभा गर्दैछ । बेथिति भ्रष्टाचार महङ्गी रसरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए । उक्त सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । नेकपा माओवादी […]