मुग्लिन-नारायणगढ सडकखण्ड राती ८ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द रहने

चितवन १२ साउन । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएपछि आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सार्वजनिक सूचना जारी गर्दै पहिरो खस्ने क्रम निरन्तर जारी रहेको र रातिको समयमा सवारी आवागमन सुचारु राख्दा मानवीय जोखिम हुनसक्ने भएकाले […]
‘मैना चरी लाई’ का गायक नारान पौडेलको साङ्गीतिक पुनरागमन: पुराना हिट गीतहरूको सम्झना गराउँदै नयाँ ‘आफ्नै पाराको’ गीत सार्वजनिक

चितवन २९ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ मा जन्मिनुभएका प्रतिष्ठित लोक तथा दोहोरी गायक नारान पौडेल करिब डेढ दशक (१५-१६ वर्ष) अघिदेखिको आफ्नो साङ्गीतिक यात्रालाई फेरि नयाँ उचाइमा पुर्याउने तयारीमा जुट्नुभएको छ । विगतमा आफ्ना केही नितान्त व्यक्तिगत र व्यावहारिक समस्याका कारण सङ्गीत क्षेत्रबाट केही समय टाढा रहनुभएका पौडेल अहिले पूर्ण तयारीका […]
जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार शाखाले रक्तदान कार्यक्रम सम्पन्न

बुलिङटार २७ चैत । गण्डकी प्रदेश नवलपुर जिल्ला बुलिङटार गाउँपालिका शाखाले आफ्नो १६औं वार्षिक उत्सवको अवसरमा आयोजक जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड र रेडक्रस सोसाइटी बुलिङटार उपशाखाको समन्वयमा यही २०८२/१२/ २७ गतेका दिन रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । यस कार्यक्रममा सभापति यस संस्थाका अध्यक्ष श्री कल्पना दर्जी ,प्रमुख अतिथि बुलिङ्गटार गाउँपालिका […]
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं १४ चैत । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे ।
मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल दुर्घटनामा चालक युवक घाइते

भरतपुर २७ साउन । भरतपुर महानगरपालिका वडा नं–२९, दासढुङ्गास्थित सडकखण्डमा मोटरसाइकल दुर्घटनामा चालक युवक घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ९० प ३६५८ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक तनहुँको देवघाट गाउँपालिका वडा नं–५ बस्ने २८ वर्षीय जनक अधिकारी घाइते भएका हुन् । घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल प्रहरी […]
चितवनमा गए राति एक गुडिरहेको बसमा अचानक आगलागी

चितवन २७ बैशाख । चितवनको रत्ननगर नगरपालिका–१६ कयरखोलास्थित भित्री सडक खण्डमा गए राति एक गुडिरहेको बसमा अचानक आगलागी भएको छ। पर्साबाट पिठुवा तर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०१८८ नम्बरको बसमा शुक्रबार राति १०ः४५ बजे तिर आगलागी भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा टोली खटिएको थियो […]
कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने

काठमाडौं ९ चैत । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए । बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय […]
विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने: प्रमुख रेनु दाहाल

भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् । पुलचोक-गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भए पनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताइन् ।
धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजना बारे काठमाडौंमा सम्पन्न

काठमाडौं ८ माघ । धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजनाबारे कार्यशाला गोष्ठी धौवादी फलाम कम्पनी लिमिटेडको आयोजनामा काठमाडौंमा सम्पन्न भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा,विभिन्न मन्त्रालयका सचिवहरू, बुलिङटार, बौंदीकाली, हुप्सिकोट गाउँपालिका र देवचुली नगरपालिकाका प्रमुखहरूको उपस्थिति थियो । धौवादी फलाम […]
राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज

काठमाडौं ६ माघ । राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरु मारमा पर्न सक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको […]
