बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई प्राथमिकता

बुलिङटार २८ जेठ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई प्राथमिकता दिएर काम गरेको छ । करिब ४४ किलोमिटर लामो कालीगण्डकी करिडोरको बाटो यस बुलिङटार गाउँपालिका भित्र पर्दछ । करिडोरको बाटोमा निस्किनको लागि ग्रामीण क्षेत्रमा जनतालाई करिडोरको पहुँचसम्म आउन सजिलो होस् भन्ने उद्देश्यले विभिन्न लिंक रोडहरु बनाउने कामलाई प्राथमिकतामा राखेर काम गरेको […]
विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि अध्यक्षको प्रतिबद्धता

बुलिङटार २६ जेष्ठ । बुलिङटार गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रम बुलिङटार गाउँपालिका वडा नं ६ अवस्थित श्री शिव मा.वि.मा बुलिङटर गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख श्री बुद्ध प्रसाद रानाभाटको प्रमुख अतिथिमा भएको थियो । […]
सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा व्यवस्था हटाउने तयारी

काठमाडौं २४ जेष्ठ । नेपाल सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा व्यवस्था हटाउने तयारी गरेको छ । दुई दिने बिदा प्रभावकारी नभएको निष्कर्षसहित सरकारले उक्त व्यवस्था खारेज गर्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले यस विषयमा औपचारिक निर्णय गरेसँगै हाल लागू रहेको शनिबार र आइतबारको दुई दिने […]
बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुलिङटार १९ जेष्ठ । मगर दुत (भाषा) मा समेत पठनपाठन गर्ने गराउने गरी स्थानीय विषयको पाठ्यक्रम तथा कक्षा १ को पाठ्यपुस्तक (मगर र नेपाली भाषामा) लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गाउँपालिका सभा हलमा सम्पन्न गरियो । बुलिङटार गाउँपालिकाको आयोजनामा र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौंको समन्वयमा बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतमा गाउँ सभा […]
नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै

नवलपुर १७ वैशाख । नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पहाडी भू–वनोटमा अन्यखेती राम्रोसँग नहुने भएपछि अम्रिसो खेतीतर्फ लागेका किसानले यसबाट राम्रो आम्दानी लिन थालेका छन् । जिल्लाका हुप्सेकोट, बौदीकाली, बुलिङटार, गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसो खेती गरिँदै आएको छ । डिभिजन वन […]
बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न

बुलिङटार १४ वैशाख। बुलिङटार गाउँपालिकामा “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” भन्ने मूल नाराका साथ “पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह” भव्यताका साथ सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्षज्यूको अध्यक्षतामा आयोजित यस विशेष कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का कार्यालय प्रमुख श्री केशव प्रसाद चापागाईं ज्यूको प्रमुख विशेष उपस्थितिमा कार्यक्रम भएको हो । […]
शुक्रबार साँझ चट्याङ लाग्दा बुलिङटार र तनहुँको दुई महिला घाइते

तनहुँ ०९ वैशाख । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ बस्ने वर्ष ३५ की भीमकुमारी थापा र तनहुँको व्यास नगरपालिका–१४ रुम्सी बस्ने वर्ष ६७ की पुरनमाया थापा घाइते भएको छ । करिब साँझ ६ः१० बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि […]
बुलिङटार गाउँपालिका भित्र पर्ने कालिगण्डकी करिडोरको विभिन्न महत्त्वपुर्ण सडकमा CCTV क्यामेरा जडान

बुलिङटार ०५ जेष्ठ । बुलिङटार गाउँपालिका भित्र पर्ने कालिगण्डकी करिडोरको विभिन्न महत्त्वपुर्ण क्षेत्रमा “प्रविधिसँगै सुरक्षित बुलिङटार, व्यवस्थित यातायात र शान्त समाज निर्माणतर्फ हाम्रो साझा प्रयास।”भन्ने मूल नाराका साथ सडक सुरक्षा, यातायात व्यवस्थापन तथा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पालिकाको केन्द्रस्थित बुलिङटार प्रहरी चौकीमा मोनिटरिङ युनिट रहने गरी विभिन्न पाँच स्थानमा सिसि क्यामेरा जडान […]
कावासोती खरकट्टा जंगलमा कार दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुर ०३ वैशाख । नवलपुरको कावासोतीमा शनिबार दिउँसो कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं. ८ स्थित खरकट्टा जंगलमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ३५२३ नम्बरको कार आफै अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका कार चालक महोत्तरी मतिहानी नगरपालिका वडा नं. […]
बुलिङटार गाउँपालिकाको आयोजनामा “कक्षा १-३ मा अध्यापनरत शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम”सम्पन्न

बुलिङटार ०१ वैशाख । गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले २०८३ बैशाख २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको कक्षा १–३ मा अध्यापनरत शिक्षकहरूका लागि “एकीकृत पाठ्यक्रममा आधारित ३ दिवसीय कस्टमाइज्ड तालिम” सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, बालमैत्री शिक्षण विधि तथा कक्षाकोठामा प्रयोग गर्न सकिने विविध सिकाइ सहजीकरण सम्बन्धी ज्ञान तथा […]

