Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि अध्यक्षको प्रतिबद्धता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ जेष्ठ २६ | मध्यान्ह ०८:०२ बजे

बुलिङटार २६ जेष्ठ । बुलिङटार गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

arkhala ads

कार्यक्रम बुलिङटार गाउँपालिका वडा नं ६ अवस्थित श्री शिव मा.वि.मा बुलिङटर गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख श्री बुद्ध प्रसाद रानाभाटको प्रमुख अतिथिमा भएको थियो । स्थानीय तहका विद्यार्थीहरूको समस्या पहिचान गर्ने र विद्यालयको शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सोझै अध्यक्षसँग संवाद गरेका थिए ।कार्यक्रममा उपस्थित विद्यार्थीहरूले आफ्नो विद्यालयमा भोग्नुपरेका विभिन्न समस्याहरू खुलेर राखेका थिए ।

11

उनीहरूले मुख्य गरी विद्यालयमा पहिलो त्रैमासिक परीक्षा आउन लाग्दा पनि विज्ञान विषयको शिक्षाक नभएको गुनासोलाई प्रमुखको रूपमा कुरा राखिएको थियोे । साथै आधुनिक शिक्षण प्रविधि अनुसार कम्प्युटर ल्याब, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृद्धिको व्यवस्था, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक सम्बन्धी गुनासो, उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनको कार्यक्रम, स्मार्ट बोर्डको प्रयोग, बालमैत्री विद्यालयको व्यवस्थापन,सामग्रीहरू विज्ञान प्रयोगशाला र खेलकुद सामग्रीको व्यवस्था गरिदिन विद्यार्थीहरूले माग गरे । विद्यार्थीका गुनासो र प्रश्नहरूको ठोस जवाफ दिँदै बुलिङटार गाउँपालिकका अध्यक्ष श्री ई. दिपेन्द्र सुनारी मगरले विद्यार्थीका हरेक समस्यालाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।1

अध्यक्ष सुनारी मगरले भन्नुभयो, “तपाईंहरू देशको भविष्य हुनुहुन्छ । विद्यालयमा देखिएका विभिन्न महत्त्वपुर्ण समस्याहरू म तत्कालै हल गर्न निर्देशन दिनेछु । आगामी नीति तथा कार्यक्रममा यहाँका विद्यालयको डिजिटल विकासका लागि विशेष बजेट व्यवस्था गरिनेछ ।” कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख श्री बुद्ध प्रसाद रानाभाटले विद्यालयमा भएको समस्यालाई शाखा बाट सक्ने सहयाेग गर्ने प्रतिबद्धता गर्नु भयो । विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष, सदस्य र अभिभावकहरु तथा ७ देखि १० सम्मका विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्षले आगामी दिनमा पनि यस्ता अन्तर्क्रियात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी गराउनुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved