वैदेशिक रोजगारको क्रममा मृत्यु परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण

 बुलिङटर ४ भदौ । बुलिङटर गाउँपालिका वडा नं.१ ढाडबेसी निवासी मलेशियाको अस्थर कम्पनीमा कार्यरत स्वा. टोल बहादुर सुनारको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरियो । सोही कम्पनीमा कार्यरत श्री पूर्णबहादुर मुसरङ्गी मगर,श्री अर्नजंग राई, श्री अमर धमी,श्री आर्जन दिसुवा मगर ,श्री जितबहादुर के.सी, श्री चालिसे राई, श्री फत्त बहादुर मगर र श्री ठगेन्द्र ठाडा मगरको […]

२०६ पटक रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्महत्या

नवलपुर  २९ माघ ।  २०६ पटक रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्महत्या गरेका छन् । भाडामा लिएको गाडी बन्द गरेर जलेर मृत्यु भएको अवस्थामा अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको उनका निकटतम पुरुषोत्तम ढकालले फेसबुकमा एक पोष्ट गर्दै जानकारी दिएका छन् । मैनालीले आज बिहान फेसबुकमा स्टाटस लेख्दै आत्महत्या गर्न […]

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

काठमाडौँ, मंसिर १४ । चीनका पूर्वराष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव जियाङ जेमिनको निधन भएको छ । जेमिनको रक्त क्यान्सरका कारण ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । उनको उपचारकै क्रममा बुधबार दिउँसो १२:१३ बजे सांघाईमा निधन भएको जनाइएको छ । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए ।

भारतको नयाँ प्रधानन्यायाधीश चन्द्रचुड बन्‍ने

नयाँ दिल्ली । भारतको नयाँ प्रधानन्यायाधीश डि वाई चन्द्रचुड बन्‍ने भएका छन्। वर्तमान प्रधानन्यायाधीश युयु ललितले मङ्गलबार भावी प्रधानन्यायाधीशको रुपमा चन्द्रचुडको नाम सिफारिस गरेका हुन्। उनी भारतको ५०औँ प्रधानन्यायाधीश बन्‍ने भएका हुन्। उनको कार्यकाल आगामी नोभेम्बर ९ तारिखदेखि सुरु हुनेछ भने सन् २०२४ को नोभेम्बर १० तारिखमा सकिने छ । केन्द्रीय कानुन मन्त्रालयले गत हप्ता […]

आज सांझा सम्म कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने

धन बहदुर सिंजाली  काठमाडौं  १४ भदौ । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न […]

नवलपरासीमा शान्ति सुरक्षा, सिमामा सशस्त्र प्रहरीको प्रभावकारी भुमिका

जगत ठाडा मगर बुटवल । नेपालमा सशस्त्र प्रहरीको स्थापना भएको दुई दशक भएको छ । सो पश्चात सशस्त्र प्रहरी बलले करिब १३ बर्षदेखि नेपाल र भारत सिमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न अब्बल सावित भएको छ । सशस्त्र प्रहरीले सिमित स्रोत साधनको बावजूद सिमा क्षेत्रबाट हुने अबैध गतिबिधि रोक्न अग्रसर छन । पश्चिम नवलपतासीको सशस्त्र […]

बिहारका मुख्यमन्त्री नितीशकुमारले दिए पदबाट राजीनामा

नयाँ दिल्ली । बिहारका मुख्यमन्त्री नितीश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले भारतीय जनता पार्टीसँगको गठबन्धन तोड्दै बिहारको मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। यसअघि उनले जनता दल युनाइटेडका सबै सांसदहरुसँग भाजपासँग सम्बन्ध तोडेकोबारे बैठक गरेका थिए । नितीशकुमारलाई समर्थन गरेका सबै संसद सदस्य र विधान सभा सदस्यहरुले आफ्नो समर्थन कायम रहेको बताएका […]

भारतमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

एजेन्सी । आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने– दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । एनडीआरएफको टोलीले उद्धार कार्य […]

पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

बुलिङटार प्रेस  नवलपुर १३ जेठ । पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ जवडाँडास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ ज २२७२ नम्बरको बलेरो जिपको ठक्करबाट स्थानीय २६ वर्षीय महेन्द्र ढेँगा मगरको मृत्यु भएको हो । बलेरोको ठक्करबाट घाईते भई उपचारको […]

विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन

धन बहादुर सिंजाली नवलपुर १२ माघ विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन भएको छ । पहिरामा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।