Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जापानको फुकुओकामा नेपाली युवतीको हत्या, नाकागावा नदीमा भेटियो शव

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ भदौ ४ | मध्यान्ह ०५:०५ बजे

टोल बहादुर राना मगर जापान

जापानको फुकुओका सहरको तेन्जिनस्थित नाकागावा नदीमा एक महिलाको शव फेला परेको घटनालाई प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ।

arkhala ads

घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष अनुसन्धान टोली गठन गरेको छ।

मृतक फुकुओका सहरको चुओ वार्डमा रहेको एक व्यावसायिक विद्यालयमा अध्ययनरत २५ वर्षीया नेपाली नागरिक राजबंशी लक्ष्मी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गरिएको शव परीक्षणबाट उनको मृत्यु १९ तारिख बिहान सबेरै भएको अनुमान गरिएको छ। उनको टाउकोमा धेरै चोटका निशान भेटिनुका साथै शरीर र हातमा समेत चोटपटकका निशान फेला परेका छन्। यद्यपि, हालसम्म मृत्युको निश्चित कारण भने खुल्न सकेको छैन ।

त्यस्तै, लक्ष्मी बस्ने कोठामा झगडा भएको देखिने अवस्था तथा रगतका दागसमेत फेला परेको प्रहरीले जनाएको छ।

यी सबै परिस्थितिको आधारमा प्रहरीले लक्ष्मीको कसैले हत्या गरेको निष्कर्ष निकाल्दै घटनालाई ‘नेपाली महिला हत्या प्रकरण’ का रूपमा अनुसन्धान अघि बढाएको छ। घटनाको अनुसन्धानका लागि करिब ७० जना प्रहरी सम्मिलित विशेष अनुसन्धान टोली गठन गरिएको छ।

प्रहरीका अनुसार लक्ष्मीलाई अन्तिम पटक १८ तारिख राति करिब १०ः३० बजे उनको पार्टटाइम काम गर्ने रेस्टुरेन्टबाट बाहिर निस्कँदै गरेको अवस्थामा देखिएको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved