Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके मात्रै बलियो बन्छ एमाले

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे

नवलपुर । नेकपा (एमाले) लाई जनस्तरमा थप सशक्त बनाउन तल्लो तहका कार्यकर्ताको आवाज सुन्ने, उनीहरूका सुझावअनुसार योजना बनाउने र पार्टीका निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नेतृत्व आवश्यक रहेको औँल्याइएको छ ।

नेकपा (एमाले) नवलपुरले बुलिङटार गाउँपालिकामा आयोजना गरेको पालिकास्तरीय पार्टी जागरण अभियानको सुरुवातमा बोल्ने नेता तथा कार्यकर्ताले पार्टीलाई बलियो बनाउन नेतृत्व र कार्यकर्ताबीचको दूरी घटाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले कार्यकर्ताको मनोबल बढाउने निर्णय, सामूहिक नेतृत्व र व्यवहारमा देखिने परिवर्तनले मात्रै पार्टीलाई नागरिकको बीचमा पुनः स्थापित गर्न सकिने धारणा राखे ।

arkhala ads

एमाले बुलिङटारका अध्यक्ष मनवीर पुलामीले पार्टीमा निरन्तर खटिने कार्यकर्ताको भावना र समस्यालाई नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। कार्यकर्तालाई अनावश्यक बोझ दिने प्रवृत्ति र नेता–कार्यकर्ताबीचको बढ्दो दूरीका कारण नागरिकको बीचमा पुगेर काम गर्नसमेत असहज भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमालेका पाका नेता टंकनाथ गिरीले पार्टीको विचार र सिद्धान्तप्रति नेतृत्वको प्रतिबद्धतामाथि प्रश्न उठाउनुभयो। सूर्य चिह्न अंकित गम्छा लगाएर हिँड्दासमेत प्रश्न उठ्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै उहाँले मार्क्सवादको सान्दर्भिकता बुझ्ने नेतृत्व आजको आवश्यकता भएको बताउनुभयो ।

नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवम् एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार भागिरथ सापकोटाले केन्द्रमा पुग्ने नेता तथा कार्यकर्ताले तल्लो तहको वास्तविक आवाज जस्ताको तस्तै प्रस्तुत गरे वा गरेनन् भन्ने विषयमा समेत समीक्षा हुनुपर्ने बताउनुभयो । बैठकमा आफ्ना कुरा राख्ने मात्र नभई गाउँ तहका कार्यकर्ताका सुझाव र समस्या केन्द्रीय कमिटीसम्म पुर्‍याएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टी पुनर्गठनको अर्थ तल्लो तहका कुरा नेतृत्वसम्म पुर्‍याउने र ती सुझावलाई व्यवहारमा लागू गर्ने संस्कारको विकास गर्नु रहेको उहाँको भनाइ थियो ।

युवा नेता विद्रोही गिरीले पार्टीका निर्णयहरू दीर्घकालीन र दूरदर्शी हुन नसक्दा कार्यकर्तामा उत्साह कायम राख्न कठिन भएको बताउनुभयो ।

मदन भण्डारीका विचार अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उहाँले पार्टीका निर्णयहरू महाधिवेशनदेखि महाधिवेशनसम्म वा बैठकदेखि बैठकसम्म पनि टिक्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

नेतृत्वले निर्णय प्रक्रियामा स्थिरता, स्पष्टता र दूरदर्शिता अपनाउन सके पार्टीलाई नागरिक तहमा पुनर्जागृत गर्न सकिने उहाँले बताउनुभयो ।

संविधानसभा सदस्य कृष्णप्रसाद पौडेलले एमालेको सिद्धान्त र नीति सही भए पनि पार्टीलाई व्यक्तिवादी सोचबाट सामूहिक नेतृत्व र निर्णय प्रक्रियातर्फ अघि बढाउनुपर्ने बताउनुभयो ।

समस्याको प्रकृतिअनुसार समाधान खोज्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टी सुधारका लागि सबै नेता तथा कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले स्थानीय सरकार सञ्चालनका क्रममा प्राप्त अनुभव र सिकाइ प्रस्तुत गर्नुभएको थियो ।

बुलिङटार गाउँपालिकाका छवटै वडाका पार्टी कमिटीका प्रतिनिधिहरू सहभागी अभियानमा पार्टीको संगठनात्मक अवस्था, नेतृत्वको कार्यशैली र तल्लो तहका कार्यकर्ताको भूमिकाबारे छलफल भएको थियो ।

कार्यकर्ताको आवाजलाई नेतृत्वसम्म पुर्‍याउने, त्यसअनुसार निर्णय गर्ने र निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने संस्कार विकास गर्न सके मात्रै एमाले संगठनात्मक रूपमा बलियो बन्ने सन्देश अभियानले दिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे
received_1431158728443038

बाढीपीडित तिल नारायण श्रेष्ठलाई रु. ८६ हजार...

  • २०८३ कार्तिक १ | मध्यान्ह ०५:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved