बुलिङटार, कार्तिक १ । डाँडाझेरी गैँडाकोट विकास समाजको पहलमा असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण घर पूर्ण रूपमा क्षति भएका नवलपुरको बुलिङटार गाउँपालिका–२, भाङबारी निवासी तिल नारायण श्रेष्ठलाई रु. ८६ हजार २७० आर्थिक सहयोग हस्तान्तरण गरिएको छ
।


बाढीपहिरोका कारण घर पूर्ण रूपमा क्षति भई समस्यामा परेका श्रेष्ठको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले समाजको पहलमा विभिन्न व्यक्तिहरूबाट संकलित उक्त रकम हस्तान्तरण गरिएको हो ।


बुलिङटार गाउँपालिका–२ का वडाध्यक्ष कमलराज बकवाल मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा डाँडाझेरी गैँडाकोट विकास समाजका अध्यक्ष दुर्गाबहादुर मासरङ्गी मगर, समाजका सल्लाहकार सर्वजित गाहा मगर निवर्तमान अध्यक्ष उत्तम प्रसाद बकाबल मगर तथा संस्थाका सदस्यहरूको उपस्थितिमा पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
समाजको पहलमा पीडित परिवारका लागि सहयोग गर्ने दाताहरूमा सहयोग गर्ने दाताहरूको विवरण
१. गमबहादुर सारु मगर — रु. ५,५००
२. दुर्गाबहादुर मासरङ्गी मगर — रु. ५,०५०
३. नवलसिं फाल — रु. ५,०००
४. सर्वजित गाहा मगर — रु. १,६७०
५. देवबहादुर दर्लामी — रु. १,५००
६. बेलबहादुर दर्लामी — रु. १,५००
७. ओमप्रकाश सिंजाली — रु. १,०००
८. रवीन्द्र मासरङ्गी — रु. १,०००
९. कल्पना थापा मासरङ्गी मगर — रु. २,०५०
१०. चिरन गरञ्जा मगर — रु. ५००
११. पूर्णबहादुर मासरङ्गी — रु. ५००
१२. कृष्णबहादुर सुनारी — रु. ५००
१३. नविन लुङ्गेली मगर — रु. ५००
सहयोग प्राप्त भएको छ ।
त्यसैगरी, समाजले र यहाँको कान्छो भाई रूपमा नारायण श्रेष्ठको पहलमा बहराइन नेवा दबु समाजको सहयोगी तथा शुभचिन्तकहरूबाट समेत सहयोग संकलन गरी पीडित परिवारलाई कुल रु. ८६ हजार २७० हस्तान्तरण गरेको जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष कमलराज बकवाल मगरले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि गाउँपालिका अध्यक्षसँग समन्वय गरी आगामी आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विभिन्न समयमा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको डाँडाझेरी गैँडाकोट विकास समाजप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो ।
त्यसैगरी, समाजका अध्यक्ष दुर्गाबहादुर मासरङ्गी मगरले समाजले आफ्नो क्षमताअनुसार विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिँदै जाने बताउनुभयो। उहाँले विपद्का बेला पीडितलाई सहयोग गर्नु समाजको मानवीय दायित्व भएको उल्लेख गर्नुभयो।

विपद्का कारण घरबारमा क्षति व्यहोरेका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले समाजले गरेको यस पहलले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।






