बुलिङटर ४ भदौ । बुलिङटर गाउँपालिका वडा नं.१ ढाडबेसी निवासी मलेशियाको अस्थर कम्पनीमा कार्यरत स्वा. टोल बहादुर सुनारको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरियो ।






सोही कम्पनीमा कार्यरत श्री पूर्णबहादुर मुसरङ्गी मगर,श्री अर्नजंग राई, श्री अमर धमी,श्री आर्जन दिसुवा मगर ,श्री जितबहादुर के.सी, श्री चालिसे राई, श्री फत्त बहादुर मगर र श्री ठगेन्द्र ठाडा मगरको पहलमा सोही कम्पनीमा कार्यरत कर्मचारी साथीहरु बाट रकम संकलन गरी रु. १८१,५००/- अक्षररूपी (एक लाख एकासी हजार पाँच सय) सहयोग रकम स्व.टोल बहादुर सुनारको श्रीमती श्री विष्णुमाया सुनार नाममा रु ४५,५००, २ जुम्ल्या छोराहरू राम र लक्ष्मण नाममा ९०,५०० साथै घरको आर्थिक समस्यासँगै आमाको आँखा नदेख्ने भएकोले उहाँको आमालाई पनि रु ४५,५०० यस डाँडाझेरी गैंडाकोट विकास समाजको कार्यालयमा संस्थाका अध्यक्ष श्री दुर्गा बहादुर मसरङ्गी मगर,उपाध्यक्ष श्री बेलबहादुर दर्लामी मगर, सचिव श्री ओम प्रकाश सिन्जाली मगर, कोष अध्यक्ष श्री देवबहादुर दर्लामी मगर,सह-सचिव श्री गोबहादुर मसरङ्गी मगर, सदस्य श्री शालिकराम रानाभाट र लेखा तथा ऋण संयोजक श्री चिरन गराञ्जा मगर र सदस्य श्री श्यामबहादुर थापा मगरको उपस्थितमा सहयोग रकम हस्तान्तरण गरियो ।
सहयोगीहरुको नाम CamScanner 13-08-2025 13.44
स्व.सुनारको तीन महिनाको २ जुम्ल्याह छोरा रहेको छ ।



















