- बुलिङटार प्रेस
- नवलपुर १३ जेठ ।
पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ जवडाँडास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ ज २२७२ नम्बरको बलेरो जिपको ठक्करबाट स्थानीय २६ वर्षीय महेन्द्र ढेँगा मगरको मृत्यु भएको हो ।
बलेरोको ठक्करबाट घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल, चितवनमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा निजलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



















