नवलपुर ०३ वैशाख । नवलपुरको कावासोतीमा शनिबार दिउँसो कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।




पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं. ८ स्थित खरकट्टा जंगलमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ३५२३ नम्बरको कार आफै अनियन्त्रित भई पल्टिएको थियो ।




दुर्घटनामा परि गम्भीर घाइते भएका कार चालक महोत्तरी मतिहानी नगरपालिका वडा नं. ३ का ६० वर्षीय श्रीनारायण यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।















