Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

बुलिङटार १९ जेष्ठ  ।  मगर दुत (भाषा) मा समेत पठनपाठन गर्ने गराउने गरी स्थानीय विषयको पाठ्यक्रम तथा कक्षा १ को पाठ्यपुस्तक (मगर र नेपाली भाषामा) लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गाउँपालिका सभा हलमा सम्पन्न गरियो ।

बुलिङटार गाउँपालिकाको आयोजनामा र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौंको समन्वयमा बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतमा गाउँ सभा हलमा सम्पन्न भएको थियो ।

arkhala ads

यस कार्यक्रमा पालिका भित्रका  सबै मा.वि तहको स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति जनाएका थिए । साथै यस कार्यक्रम बुलिङटार गाउँपालिका जनप्रतिनिधि एवं कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमा मगर जातिको जनसङ्ख्या धेरै भएकोले र प्रदेशमा पनि कामकाजको भाषाको रुपमा रहेको हुनाले सोही अनुसार यस पालिकामा सञ्चालन गरिएको हो ।

 

कार्यक्रममा शुभकामना मन्तव्य बुलिङटार गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर थापाले गर्नु भएको थियो । थापाले यस्तै काम र विद्यार्थीको आवश्यकता अनुसार अन्य उदहरणीय कामहरु पनि गर्ने भन्ने कुरा राख्नु भएको थियो ।

साथै अन्तरक्रिया कार्यक्रमको बारेमा ई. दिपेन्द्र सुनारी मगरले दिनु भएको थियो । सोही कार्यक्रममा विभिन्न जातजािहरुको बसोबास रहेको भएता पनि मगर जातिको जनसङ्ख्या धेरै भएकोले र शिक्षा क्षेत्रमा अझै धेरै मगर भाषाले धेरै भूमिका रहेकोले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो  ।

यस कार्यक्रममा भाषा आयोगका निवर्तमान सदस्य मा. अमृत योजाङ तामाङले संविधानमा भाषाको बारेमा  के कस्तो छ भन्ने कुरा प्रस्ता गर्नुभएको थियो ।

त्यस पछि नेपाल आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौं नेपालको संस्थापक अध्यक्ष डा.नर माया थापा मगरले यसको कुन र कति प्रकारको हुन्छ । कसरी लेख्न सकिन्छ भन्ने विषयमा जानकारी दिनुभयो । सोही कार्यक्रममा बुलिङटार गाउँपालिकामा कस्तो भूगोल र जनसंख्याको आधारमा कस्तो पाठ्यक्रम निर्माण गर्ने भन्ने योजना प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई अझै बिशेष बनाउनको लागि बुलिङटार गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बुद्ध प्रसाद रानाभाटको अथिति र कार्यक्रम सञ्चालन मा.,वि. शिक्षा स्रोत देव बहादुर चितौरेले गरेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
IMG_4134

नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती...

  • जेष्ठ १७, आईतवार ०७:४५ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved