Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम”सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ जेष्ठ १ | मध्यान्ह ०३:०२ बजे

बुलिङटार ०१ वैशाख । गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले २०८३ बैशाख २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको कक्षा १–३ मा अध्यापनरत शिक्षकहरूका लागि “एकीकृत पाठ्यक्रममा आधारित ३ दिवसीय कस्टमाइज्ड तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।

arkhala ads

तालिममा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, बालमैत्री शिक्षण विधि तथा कक्षाकोठामा प्रयोग गर्न सकिने विविध सिकाइ सहजीकरण सम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो । यसले शिक्षकहरूको पेशागत क्षमता विकास भई विद्यालय शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तालिमको समापन सत्रमा गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारीज्यू प्रमुख अतिथिका रूपमा उपस्थित भई शिक्षाको गुणस्तर सुधारमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु बहादुर थापाज्यू, सामाजिक विकास समितिका संयोजक श्री विष्णुवीर जर्घा मगरज्यू लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

तालिममा सहभागी सम्पूर्ण शिक्षक महानुभावहरू, प्रशिक्षक तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । उक्त कार्यक्रम शाखा प्रमुख श्री बुद्ध प्रसाद रानाभाटज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved