तनहुँ ०९ वैशाख । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ बस्ने वर्ष ३५ की भीमकुमारी थापा र तनहुँको व्यास नगरपालिका–१४ रुम्सी बस्ने वर्ष ६७ की पुरनमाया थापा घाइते भएको छ ।
करिब साँझ ६ः१० बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल ल्याइएको थियो । प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिएता पनि उहाँहरूको अवस्थालाई हेरी थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल रिफर गरिएको परिवारले बताएका छन् ।















