Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका भित्र पर्ने कालिगण्डकी करिडोरको विभिन्न महत्त्वपुर्ण सडकमा CCTV क्यामेरा जडान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ जेष्ठ ५ | मध्यान्ह १२:०२ बजे

बुलिङटार ०५ जेष्ठ । बुलिङटार गाउँपालिका भित्र पर्ने कालिगण्डकी करिडोरको विभिन्न महत्त्वपुर्ण क्षेत्रमा “प्रविधिसँगै सुरक्षित बुलिङटार, व्यवस्थित यातायात र शान्त समाज निर्माणतर्फ हाम्रो साझा प्रयास।”भन्ने मूल नाराका साथ सडक सुरक्षा, यातायात व्यवस्थापन तथा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पालिकाको केन्द्रस्थित बुलिङटार प्रहरी चौकीमा मोनिटरिङ युनिट रहने गरी विभिन्न पाँच स्थानमा सिसि क्यामेरा जडान कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ।

arkhala ads

यस प्रविधिमैत्री पहलले सार्वजनिक सुरक्षा अभिवृद्धि, दुर्घटना न्यूनीकरण, आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकमा सुरक्षाको अनुभूति बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले लिइएको छ ।

साथै, आगामी आ.व. मा कालिगण्डकी करिडोर अन्तर्गतका अन्य वडा तथा क्षेत्रहरूमा समेत यस कार्यक्रमलाई क्रमिक रूपमा विस्तार गर्दै गाउँपालिकाको शान्ति सुरक्षा र सडक सुरक्षालाई अझ प्रभावकारी ढंगले समन्वय र व्यवस्थापन गरिने जानकारी गर्नु भएको छ।

यस महत्वपूर्ण सिसि क्यामेरा जडान कार्य सम्पन्न गर्न विशेष चासो, सहयोग र समन्वय प्रदान गर्नुहुने गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्णमा गाउँपालिका परिवार हार्दिक आभार व्यक्त गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved