चितवन १२ साउन । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएपछि आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।


जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सार्वजनिक सूचना जारी गर्दै पहिरो खस्ने क्रम निरन्तर जारी रहेको र रातिको समयमा सवारी आवागमन सुचारु राख्दा मानवीय जोखिम हुनसक्ने भएकाले सडक बन्द गर्ने निर्णय गरेको हो । प्रशासनका अनुसार आज मिति २०८३ साउन १२ गते राती ०८:०० बजेदेखि भोलि मिति २०८३ साउन १३ गते बिहान ०५:०० बजेसम्मका लागि उक्त सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको छ । यस निर्णयबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय चितवनले क्षमाप्रार्थी रहेको जनाएको छ । साथै, सवारी आवागमन बन्द रहेको समयमा थप सूचना, सहयोग, समन्वय एवं सहजीकरणका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ:नेपाल प्रहरी: १००सशस्त्र प्रहरी बल नेपाल: १११४जिल्ला आपतकालीन केन्द्र (DEOC): १२३४जिल्ला प्रहरी कार्यालय, चितवन (सूचना अधिकारी): ९८५५०१३९९९








