भरतपुर २७ साउन । भरतपुर महानगरपालिका वडा नं–२९, दासढुङ्गास्थित सडकखण्डमा मोटरसाइकल दुर्घटनामा चालक युवक घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ९० प ३६५८ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक तनहुँको देवघाट गाउँपालिका वडा नं–५ बस्ने २८ वर्षीय जनक अधिकारी घाइते भएका हुन् ।
घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल प्रहरी चौकी जुगेडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



















