नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने

चितवन २४ पुस । नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको […]

१५औं चितवन महोत्सव २०८१ चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा हुने

भरतपुर १८ पौष ।१५औं चितवन महोत्सव २०८१ चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा हुने भएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । प्रत्येक २/२ वर्षमा हुँदै […]

विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप

चितवन १५  पुस । ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप लागेको छ ।  भरतपुर भ्रमण वर्ष २०२४ को समापन कार्यक्रममा विद्यालय नै बन्द गरेर विद्यार्थी नलैजान आग्रह गरी ज्ञापन पत्र बुझाउन जाँदा दाहालले अपमान गरेको कांग्रेसनिकटको नेविसंघ र एमाले निकटको अनेरास्ववियुका विद्यार्थी नेताहरुले बताएका छन् । नगर […]

नेकपा (माओवादी केन्द्र) ले भोलि (मंगलबा) चितवनको भरतपुरमा खबरदारी सभा गर्दै

चितवन २४ मंसिर । ने.क.पा. (माओवादी केन्द्र) ले भोलि (मंगलबार) सरकारविरुद्ध आन्दोलन चितवनको भरतपुरमा खबरदारी सभा गर्दैछ । बेथिति भ्रष्टाचार महङ्गी रसरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए । उक्त सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । नेकपा माओवादी […]

भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा आज बिहान करिब ६ः१० बजेको समयमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किए

चितवन २१ मंसिर । भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा आज बिहान करिब ६ः१० बजेको समयमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले बताएको छ । चौबीसकोठीबाट रामपुरतर्फ जाँदै गरेको ना १ क ४१५८ नम्बरको बस र रामपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ना २९ प ६७०० नम्बरको मोटरसाइकल एकआपसमा […]

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

चितवन ९ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर इच्छाकामना गाउँपालिका ६ नौकिलोमासडक किनारमा पल्टिएको हो । चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु […]

धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

धादिङ ०९ कार्तिक। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिए । सो भ्यान मनकामना दर्शनका लागि जाँदै […]

रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन

चितवन १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्तीनलाग्ने, ज्यालामा पनि भारी छुट

काठमाडौँ १६ असोज । काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठपर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनकागरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनिजम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । ज्वेलरीका अनुसार मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डकागरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा […]

भरतपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री महिला घाइते

भरतपुर १५ असोज । भरतपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री महिला घाइते भएकी छन् । भरतपुर महानगरपालिका वडा नं–१० मा बागमती प्रदेश ०३–००३ प ३८० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–१० बस्ने३५ वर्षीया गीता न्यौपाने घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा मोटरसाइकल […]