आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोकिने

चितवन ११ असोज । आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै रातको समयमा सवारी चलाउन रोक लगएको हो । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि […]

नारायणगढ मुग्लिन सडक २९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदामाइक्रोमा सवार १६ जना घाइते

चितवन ११ असोज । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदामाइक्रोमा सवार १६ जना घाइते भएका छन् । बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट जाँदै गरेको बागमतीप्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एक […]

प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भेटवार्ता

काठमाडौँ  २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ […]

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने

गैंडाकोट २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ७६ (२)अनुसार नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली […]

चितवन र नवलपुरमा नारायणी नदी किनारमा भेटिएका ३ वटा शवहरू सबै समतलताल दुर्घटनामा हराएका यात्रुकाे भएकाे पुष्टि

गैंडाकोट ३० असार । हिजाे चितवन र नवलपुरमा नारायणी नदी किनारमा भेटिएका ३ वटा शवहरू सबै समतलताल दुर्घटनामा हराएका यात्रुकाे भएकाे पुष्टि भएकाे छ । नवलपुरकाे गैडाकाेट ७ गैरीस्थित नारायणी नदी किनारमा भेटिएका दुई वटा शव मध्य थप एक जनाकाे पनि सनाखत भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार […]

गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिए

चितवन२९ असार । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल […]

नारायणगढ मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता

चितवन २८ असार । नारायणगढ  मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेकोगणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले […]

चैनपुरमा घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला

भरतपुर ७ चितवन । खैरहनी नगरपालिका–२ चैनपुरमा घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको हो । आज बिहान करिब ७ बजे बन्दै गरेको हर्बल कम्पनीको पर्खाल नजिकै शब फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी चितवनको टोली […]

बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद

काठमाडौं ३ कात्तिक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले […]

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगे

काठमाडौं १ कार्तिक । छातीमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगेका छन्। छातीमा समस्या आएको महसुस भएपछि प्रधानमन्त्री दाहाल मंगलबार साँझ सवा ६ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । प्रधानमन्त्री दाहालको रगत लगायतका परीक्षण गरिएको प्रधानमन्त्री सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए । उनका अनुसार परीक्षणको रिपोर्ट आएपछि मात्रै […]