नारायणगढ मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता

चितवन २८ असार । नारायणगढ  मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेकोगणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले […]

चैनपुरमा घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला

भरतपुर ७ चितवन । खैरहनी नगरपालिका–२ चैनपुरमा घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको हो । आज बिहान करिब ७ बजे बन्दै गरेको हर्बल कम्पनीको पर्खाल नजिकै शब फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी चितवनको टोली […]

बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद

काठमाडौं ३ कात्तिक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले […]

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगे

काठमाडौं १ कार्तिक । छातीमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगेका छन्। छातीमा समस्या आएको महसुस भएपछि प्रधानमन्त्री दाहाल मंगलबार साँझ सवा ६ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । प्रधानमन्त्री दाहालको रगत लगायतका परीक्षण गरिएको प्रधानमन्त्री सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए । उनका अनुसार परीक्षणको रिपोर्ट आएपछि मात्रै […]

चितवनको रत्ननगर स्थित मोटरसाइकलको सर्भिस सेन्टरमा आगलागी

चितवन ८ कार्तिक । चितवनको रत्ननगर स्थित मोटरसाइकलको सर्भिस सेन्टरमा आगलागी भएको छ । रत्ननगर १ सौराहाचोकमा रहेको न्यू कालिका आटो पार्टस र कालिका मोटरसाइकल पार्टसको सयुक्त सर्भिस सेन्टरमा आज विहान साढे तीन आगलागी भएको हो । आगलागीबाट १६ वटा नयाँ र १४ वटा पुराना मोटरसाइकल जलेर क्षति भएको छ । सर्भिर सेन्टरका रहेको मोटर […]

नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

काठमाडौं १ कार्तिक । नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।  मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहनु […]

हलेसी तुवाचुङ नगरपालिका बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी

काठमाडौ १५ असोज । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौ बाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नम्बरको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी […]

आज मौसम प्रायजसो सफा रहे पनि अपरान्हपख सामान्य वर्षाको सम्भावना

काठमाडौं १२ असोज । मौसम प्रायजसो सफा रहे पनि अपरान्हपख सामान्य वर्षाको सम्भावना रहेको छ । आज पोखराको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस र न्युनतम तापक्रम १९ डिग्री सेल्सियसका बीच रहनेछ । त्यस्तै मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र […]

बदेलको आक्रमणबाट भरतपुरमा एक युवकको मृत्यु

भरतपुर, असोज १० । बदेलको आक्रमणबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ नौरङेका दिपक विक रहेको छ । उनी असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गरेको थियो। आक्रमणमा परि घाईते भएका थिए । घाइते विकको भरतपुरमा अस्पतालमा उपचारको क्रममै गएराति मृत्यु भएको जिल्ला […]

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम

काडमाडौं २० भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान […]