चितवनको रत्ननगर स्थित मोटरसाइकलको सर्भिस सेन्टरमा आगलागी

चितवन ८ कार्तिक । चितवनको रत्ननगर स्थित मोटरसाइकलको सर्भिस सेन्टरमा आगलागी भएको छ । रत्ननगर १ सौराहाचोकमा रहेको न्यू कालिका आटो पार्टस र कालिका मोटरसाइकल पार्टसको सयुक्त सर्भिस सेन्टरमा आज विहान साढे तीन आगलागी भएको हो । आगलागीबाट १६ वटा नयाँ र १४ वटा पुराना मोटरसाइकल जलेर क्षति भएको छ । सर्भिर सेन्टरका रहेको मोटर […]
नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

काठमाडौं १ कार्तिक । नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहनु […]
हलेसी तुवाचुङ नगरपालिका बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी

काठमाडौ १५ असोज । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौ बाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नम्बरको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी […]
आज मौसम प्रायजसो सफा रहे पनि अपरान्हपख सामान्य वर्षाको सम्भावना

काठमाडौं १२ असोज । मौसम प्रायजसो सफा रहे पनि अपरान्हपख सामान्य वर्षाको सम्भावना रहेको छ । आज पोखराको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस र न्युनतम तापक्रम १९ डिग्री सेल्सियसका बीच रहनेछ । त्यस्तै मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र […]
बदेलको आक्रमणबाट भरतपुरमा एक युवकको मृत्यु

भरतपुर, असोज १० । बदेलको आक्रमणबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ नौरङेका दिपक विक रहेको छ । उनी असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गरेको थियो। आक्रमणमा परि घाईते भएका थिए । घाइते विकको भरतपुरमा अस्पतालमा उपचारको क्रममै गएराति मृत्यु भएको जिल्ला […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम

काडमाडौं २० भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान […]
त्रिशुली नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता

धन बहादुर सिंजाली चितवन २० भदौ चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा त्रिशुली नदीमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका २१ मनोहर घर भई हाल कुरिनटारमा लेबर काम गर्दै आएका कृष्णप्रसाद यादवका १२ वर्षीय छोरा अक्लेश यादव नदीमा बेपत्ता भएका हुन् […]
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण

नवलपरासी भदाै १३ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण अवस्थामा पुगेकाे छ । उक्त झरहि खाेलामा रहेकाे पुलले सदरमुकाम परासी र रामग्राम नगरपालिकालाई जाेड्ने पुल नजिकै बाध भत्केकाे देखिन्छ । रामग्राम नगरपालिकाले झरहि खाेलाकाे बाध बाध्नकाे लागि कति पटक बजेट छुट्टाई बाध्ने काम […]
नारायणी पुलबाट नामथर नखुलेका पुरुषजस्तो देखिने व्यक्ति बेपत्ता

धन बहादुर सिंजाली चितवन १२ भदौ आइतबार बेलुकी करिब ५ः३५ बजेको समयमा नारायणी पुलबाट नामथर नखुलेका पुरुषजस्तो देखिने व्यक्ति बेपत्ता भएका छन् । चितवन वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नम्बरको स्कुटर रोकेर हामफालेका मानिसको खोजी कार्य जारी राखेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । हमफाल्ने व्यक्तिले […]
आज सुन मुल्य पाँच सय र चाँदीको मूल्य प्रतितोला रु १० ले बढेको छ ।

काठमाडाैँ ९ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार र चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार एक सय ७५ तोकिएकोे आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]