काठमाडौं १ कार्तिक । छातीमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगेका छन्। छातीमा समस्या आएको महसुस भएपछि प्रधानमन्त्री दाहाल मंगलबार साँझ सवा ६ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्री दाहालको रगत लगायतका परीक्षण गरिएको प्रधानमन्त्री सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए । उनका अनुसार परीक्षणको रिपोर्ट आएपछि मात्रै प्रधानमन्त्री दाहाल बालुवाटार फर्किनेछन् ।
‘छातीमा समस्या आएपछि प्रधानमन्त्रीज्यु स्वास्थ्य परीक्षण गराउन नर्भिक आउनुभएको छ। अहिले परीक्षणहरू भइरहेको छ। रिपोर्ट आइसकेपछि प्रधानमन्त्रीज्यु बालुवाटार फर्किनुहुनेछ ।



















