चितवन २८ असार । नारायणगढ मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् ।
बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।
घटनास्थलमा पुगेएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेकोगणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।



















