भरतपुर, असोज १० । बदेलको आक्रमणबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ नौरङेका दिपक विक रहेको छ ।



उनी असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गरेको थियो। आक्रमणमा परि घाईते भएका थिए ।


घाइते विकको भरतपुरमा अस्पतालमा उपचारको क्रममै गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।







