चितवन २४ मंसिर । ने.क.पा. (माओवादी केन्द्र) ले भोलि (मंगलबार) सरकारविरुद्ध आन्दोलन चितवनको भरतपुरमा खबरदारी सभा गर्दैछ ।
बेथिति भ्रष्टाचार महङ्गी रसरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए ।
उक्त सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । नेकपा माओवादी केन्द्रभरतपुर महानगर समितिको आयोजनामा हुन लागेको खबरदारी सभामा महानगरका २९ वडाबाट आउने विशाल जुलुस भरतपुरको २४ कोटीमा भेला हुने कार्यक्रमतय गरिएको महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले बताए ।
खबरदारी सभामा दिउँसो १२ः ३० बजे अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष सुमनले जानकारी दिए ।



















