Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • पुष १५, सोमबार १२:१४ बजे प्रकाशित

चितवन १५  पुस । ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप लागेको छ । 

भरतपुर भ्रमण वर्ष २०२४ को समापन कार्यक्रममा विद्यालय नै बन्द गरेर विद्यार्थी नलैजान आग्रह गरी ज्ञापन पत्र बुझाउन जाँदा दाहालले अपमान गरेको कांग्रेसनिकटको नेविसंघ र एमाले निकटको अनेरास्ववियुका विद्यार्थी नेताहरुले बताएका छन् ।

arkhala ads

नगर प्रमुख दाहालले करिब डेढ घण्टा बाहिर कुराएपश्चात् विद्यार्थीको मोबाइल बाहिरै राख्न लगाई शक्तिको चरम दुरुपयोग गरेको अनेरास्ववियु चितवनकाअध्यक्ष हरि आचार्यले बताए । ‘सुरुवातीबाटै भेट्न आनाकानी गरिरहेकी मेयर दाहालले विद्यार्थी प्रवेश गरेसँगै आफू हतारमा रहेको भन्दै एकतर्फि रुपमाआक्रामक शैलीमा आफ्नो कुरा राख्दै विद्यार्थीहरुले पुर्वाग्रह राखेर आएको अभिव्यक्ति दिइन्’, आचार्यले भने ।

महानगर प्रमुख दाहाललाई विज्ञप्ती बुझाउँदै गर्दाको तस्विर समेत लिन नदिएको र महानगरको तर्फबाट समेत कुनै तस्बिर लिन नमानेर अत्यन्तै झर्रो किसिमकोशैली अपनाउँदै कार्यकक्षबाट निस्किएको आचार्यले बताए । ‘महानगरको मेयरजस्तो गरिमामय पदमा रहेको व्यक्तिको यस्तो शैलीले आम् विद्यार्थीको भावनामाआहात पुगेको छ । मेयर दाहालको भित्री र बाहिरी रुपलाई समेत यो व्यवहारले छर्लङ्ग पारेको छ’, उनले भने ।

अनेरास्ववियु चितवनका अध्यक्ष आचार्य र नेविसंघ चितवनका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले दाहाललाई बुझाएको ज्ञापन पत्रमा विद्यालय ठप्प गरेरऱ्याली तथा सभामा विद्यार्थीलाई सहभागी नगराउनु अनुरोध गरिएको छ ।

‘विद्यार्थीहरुले पढ्न पाउने संविधानले व्यवस्था गरेको नैसर्गिक अधिकारको समेत उल्लङ्घन हुने गरी विद्यालय ठप्प गरेर ऱ्याली तथा सभामा सहभागिता नगराउनुहुन अनुरोध गर्दछौं । यसरी शैक्षिक संस्थाण सिधै प्रभाव पार्ने किसिमको राजनैतिक गतिविधीले विद्यार्थीहरुको उज्ववल भविष्य माथि प्रहार हुने हाम्रो ठम्याईरहेको छ । यसरी ह्विप जारी हुने गरि विद्यार्थीहरुको मानसपटलमा असर पर्ने खालको गतिविधि तत्काल रोकि विद्यालयमा पठनपाठन स्वतन्त्र रुपले संचालनकोउपयुक्त वातावरण निर्माणका लागि यसै निवदेन मार्फत अनुरोध गरिएको जानकारी गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ ।

भरतपुर महानगरपालिकाले सुरु गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई यही पुस १६ गते समापन गरिँदैछ । उक्त दिनलाई महानगरले भरतपुर भ्रमण वर्षको वार्षिकउत्सवका रुपमा मनाउन लागेको छ । भरतपुर २७ मेघौलीमा जारी राष्ट्रिय रैथाने खाना महोत्सवको अन्तिम दिन पारेर सोही स्थानमा महानगरले भ्रमण वर्षकोवार्षिक उत्सव मनाउन लागेको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved