भरतपुर १५ असोज । भरतपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री महिला घाइते भएकी छन् ।
भरतपुर महानगरपालिका वडा नं–१० मा बागमती प्रदेश ०३–००३ प ३८० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–१० बस्ने३५ वर्षीया गीता न्यौपाने घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा मोटरसाइकल चालक भरतपुर–४ बस्ने ३३ वर्षीय दिनेश सुनार र मोटरसाइकल नियन्त्रणमा रहेकोप्रहरीले जनाएको छ ।



















