गैंडाकोट ९ असोज । जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ भन्ने मूल नाराका साथ नेपाल फर्मेसी संघ (PHAN) जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा विश्व फर्मेसी दिवस भव्य रूपमा मनाइएको छ ।





दिवसको अवसरमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल फर्मेसी संघ नवलपुरकी वरिष्ठ उपाध्यक्ष शोभा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल फर्मेसी संघका केन्द्रीय सह-कोषाध्यक्ष विष्णु कँडेल प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, नेपाल औषधि व्यवसायी संघ (NCDA) नवलपुरका वरिष्ठ उपाध्यक्ष लक्ष्मण पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा नेपाल फर्मेसी संघ नवलपुरका निवर्तमान अध्यक्ष दीपक भट्टराई लगायतको आतिथ्यता रहेको थियो। नवलपुर फर्मेसी संघका उपाध्यक्ष विमल न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण महासचिव दिनेश भुसालले गर्नुभएको थियो ।

कार्यक्रमलाई सफल पार्न NCDA नवलपुरका वरिष्ठ उपाध्यक्ष तथा नेपाल औषधि व्यवसायी संघ (NCDA) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष (नेपाल फर्मेसी संघ नवलपुर शाखाका पूर्व सल्लाहकार समेत रहनुभएका) नेपाल फार्मा गैडाकोट का संचालक लक्ष्मण पौडेल बाट ५,१५१ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको जानकारी दिइयो ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको सहयोगी भूमिका रहेको उक्त कार्यक्रममा गैंडाकोट वडा नम्बर २ र ४ का विभिन्न टोल सुधार समितिका पदाधिकारीहरू तथा बजार व्यवस्थापन समितिका पदाधिकारी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको रक्तदान कार्यक्रममा दिउँसो १२ बजेसम्म ३० जनाले रक्तदान गरिसकेका थिए।






