Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३९औँ वार्षिक उत्सव हुँदै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ अशोज ७ | बिहान ०६:०६ बजे

बुलिङटार ०७ असोज ।  बुलिङटार गाउँपालिका–१ डाँडबेसीस्थित श्री अरुणोदय युवा क्लबले आफ्नो ३९औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित आयोजना गर्ने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उत्सवमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने क्लबले जनाएको छ ।

arkhala ads

उत्सवअन्तर्गत २०८३ कात्तिक ४ गते सांस्कृतिक कार्यक्रम, कात्तिक ५ गते लोक दोहोरी धमाका तथा कात्तिक ६ गतेदेखि ८ गतेसम्म वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। साथै बाइक स्लो रेस समेत आयोजना गरिनेछ ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु. १००,१११/- द्वितीयले रु. ५०,०५५/- र तृतीयले रु. २,५०२५/- सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ प्रथमलाई रु. १०,००० र द्वितीयलाई रु. ५,००० पुरस्कारको व्यवस्था गरिएको छ। बाइक स्लो रेसका विजेताले रु. २,००० प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन पुरुष भलिबलतर्फ रु. ५,००० र महिला भलिबलतर्फ रु. १,००० प्रवेश शुल्क तोकिएको छ। बाइक स्लो रेसको प्रवेश शुल्क रु. २०० रहेको छ ।

क्लबका अनुसार टिम दर्ताको अन्तिम मिति कात्तिक ५ गतेसम्म रहेको छ। कार्यक्रम श्री अरुणोदय युवा क्लब खेलमैदान, डाँडबेसी, बुलिङटार–१, नवलपुरमा हुनेछ।

क्लबले वार्षिक उत्सवमार्फत खेलकुदको विकाससँगै स्थानीय कला, संस्कृति र युवाको सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved