नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुलिङटार गाउँपालिका–२ मा सम्पन्न वडा अधिवेशनबाट १८ वर्षीया बोलिना गरंजा मगर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् ।


सानै उमेरमा नेपाली कांग्रेसको संगठनात्मक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएपछि बोलिनाको राजनीतिक यात्रालाई युवा पुस्ताको सहभागिताका रूपमा हेरिएको छ ।


१८ वर्षमै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी बोलिनाले नेपाली कांग्रेसको संगठनमा युवा पुस्ताको उपस्थिति र सहभागितालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।






