नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) । ४ असोज,


नेपाली कांग्रेस बुलिङटार गाउँपालिका–२ मा पार्टीको १५औँ वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट ओम प्रकाश सिंजाली मगर वडा सभापतिमा चयन हुनुभएको छ ।


अधिवेशनबाट वडा कार्यसमितिका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू चयन गरिएको जनाइएको छ । नवनिर्वाचित वडा सभापति सिंजाली मगरसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नवनिर्वाचित सभापति सिंजाली मगरले वडा तहमा पार्टी संगठनलाई थप मजबुत बनाउँदै कार्यकर्ताबीच समन्वय र सहकार्यका साथ संगठनका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस बुलिङटार–२ वडा कार्यसमिति
ओम प्रकाश सिंजाली — सभापति
तारा माया गरंजा — उपसभापति
चन्द्र बहादुर सारु — उपसभापति
दूर्गा बहादुर रानाभाट — सचिव
मदन बाकाबल — सह–सचिव
लेख बहादुर जर्घ — सदस्य
धन बहादुर बाँचे — सदस्य
ओम कुमारी सार्की — सदस्य
पदम बहादुर सारु — सदस्य
पुरस्कार मासरंग्री — सदस्य
तेज कुमारी सारु — सदस्य
भिम माया बिका — सदस्य






