बुलिङटार ४ असोज । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ६ को वडा सभापति पदमा माधव पोखरेल निर्वाचित हुनुभएको छ ।


नेपाली कांग्रेसको ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल नारालाई आत्मसाथ गर्दै वडा तहमा पार्टी सङ्गठनलाई थप मजबुत र गतिशील बनाउने सङ्कल्पका साथ उहाँ नेतृत्वमा आउनुभएको हो ।


वडा सभापतिमा निर्वाचित भए पश्चात् स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले उहाँलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन् ।
नवनिर्वाचित सभापति पोखरेलले वडामा कांग्रेसको साख उच्च राख्दै आम नागरिकका समस्या समाधान र स्थानीय विकासका काममा पार्टीका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।






