नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ।


नेपाली कांग्रेस बुलिङटार गाउँपालिका–३ मा पार्टीको १५औँ वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट केशरबहादुर कुमाल वडा सभापतिमा चयन हुनुभएको छ ।


नवनिर्वाचित वडा सभापति कुमाललाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नवनिर्वाचित नेतृत्वले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै कार्यकर्ताबीच सहकार्य र समन्वयका साथ पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।






