बुलिङटार ४ असोज । बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका वडा नं. ४ को वडा अधिवेशनबाट रुद्र बहादुर आलेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।


अधिवेशनले आलेको सभापतित्वमा अन्य पदाधिकारी तथा सदस्यहरू सहितको नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।


नवनिर्वाचित कार्यसमितिलाई स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले वडामा पार्टी संगठनलाई थप बलियो, गतिशील र एकजुट बनाएर लैजाने विश्वास लिइएको छ ।






