Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

बुलिङटार २२ भदौ । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यान्वयन तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य चौकीको वर्तमान अवस्था तथा सेवा प्रवाहको समग्र समीक्षा गरिएको थियो ।

arkhala ads

कार्यक्रममा स्वास्थ्य चौकीमा उपलब्ध स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा सेवाको गुणस्तरलगायत विभिन्न सूचकका आधारमा मूल्याङ्कन तथा प्रगति लेखाजोखा गरिएको थियो ।

समीक्षा क्रममा देखिएका सुधार गर्नुपर्ने पक्ष पहिचान गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अझै प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै स्थानीय बासिन्दालाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिइएको थियो ।

स्वास्थ्य क्षेत्रको विकास तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन् ।

बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाले स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा प्रगति समीक्षा गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई निरन्तरता दिने जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे
IMG_5222

बुलिङटारको डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड...

  • २०८३ भदौ १९ | मध्यान्ह ०३:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved