Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार–३ मा आँखा उपचार केन्द्र सञ्चालनमा, स्थानीयस्तरमै सेवा उपलब्ध

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ अशोज १६ | मध्यान्ह ०७:०६ बजे

बुलिङटार, असोज १६ — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका–३ मा नवस्थापित आँखा उपचार केन्द्रको औपचारिक सेवा शुभारम्भ गरिएको छ ।

भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ/हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान र बुलिङटार गाउँपालिकाबीचको सहकार्यमा स्थापना गरिएको केन्द्रको एक समारोहबीच गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीले रिबन काटेर विधिवत् उद्घाटन गर्नुभएको हो ।

arkhala ads

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुनारीले सामान्य आँखा जाँच तथा प्राथमिक उपचारका लागि गाउँपालिकावासीले समय र ठूलो खर्च गरेर भरतपुरसम्म पुग्नुपर्ने अवस्थालाई स्थानीयस्तरमै सेवा विस्तारले कम गर्दै लैजाने बताउनुभयो ।
उहाँले आफ्नै गाउँपालिकामा आँखा उपचार सेवा उपलब्ध हुनु नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै स्थानीयस्तरमै स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै बुलिङटार गाउँपालिका तथा आसपासका नागरिकले स्थानीयस्तरमै आँखा जाँच, परामर्श तथा प्राथमिक उपचार सेवा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।
कार्यक्रममा बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर थापा, प्रशासन अधिकृत कृष्ण जोशी, वरिष्ठ लेखा अधिकृत रमेश केसी तथा बुलिङटार–३ का वडा अध्यक्ष विष्णुवीर जर्गा मगर लगायतको उपस्थिति रहेको थियो ।
नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको केन्द्र सञ्चालनमा सहयोग पुर्‍याउने भरतपुर आँखा अस्पताल परिवार, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, कर्मचारी तथा सम्पूर्ण स्थानीयवासीप्रति गाउँपालिकाले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved