Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ भदौ १८ | मध्यान्ह ०१:०५ बजे

नवलपुर १८ भदौ । बुलिङटार गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलमाया रानाको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाअन्तर्गतका आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि तथा चुनौतीहरूबारे समीक्षा गरिएको थियो। साथै आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकको पहुँचमा पुर्‍याउने विषयमा छलफल गरिएको थियो ।

arkhala ads


कार्यक्रममार्फत स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका सेवाको अवस्था मूल्याङ्कन गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने रणनीतिबारे समेत छलफल गरिएको जनाइएको छ ।
“बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” भन्ने नारासहित सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved