Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मौलाकालिका मन्दिर जाने बाटो तथा केबलकार परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे

नवलपुर । धार्मिक तथा पर्यटकीय क्षेत्रको स्वच्छता, सुन्दरता र संरक्षण गर्ने उद्देश्यले श्री नवदुर्गा टोल विकास संस्थाको आयोजनामा मौलाकालिका मन्दिर जाने बाटो तथा मौलाकालिका केबलकार परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

२०८३ साल कात्तिक १५ गते आइतबार बिहान ६ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा स्थानीयवासी तथा टोल विकास संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

arkhala ads

कार्यक्रमअन्तर्गत मौलाकालिका मन्दिर जाने पैदलमार्ग, बाटो आसपासका क्षेत्र तथा केबलकार परिसरमा सरसफाइ गरिएको थियो। धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा रहेको मौलाकालिका मन्दिरमा दैनिक रूपमा दर्शन तथा भ्रमणका लागि आउने भक्तजन र पर्यटकलाई स्वच्छ, सफा र सुन्दर वातावरण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको भन्दै स्थानीयस्तरबाट सञ्चालन गरिने यस्ता सरसफाइ अभियानले वातावरणीय स्वच्छता कायम गर्नुका साथै सामाजिक एकता, सहकार्य र सामुदायिक जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved