बुलिङटार ९ फागुन । बुलिङटार गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिहरूका लागि न्यायिक तथा कुशल कार्यसम्पादन सम्बन्धी तालिम बुलिङटारगाउँपालिका वडा नं. ४ स्थित देवचुली चुलीबोझा होमस्टेमा सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस तालिममा उपाध्यक्ष, वडा अध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरूको उत्साहजनकउपस्थिति रहेको छ ।
यस तालिमको उद्देश्य जनप्रतिनिधिहरूलाई न्यायिक क्षमता अभिवृद्धि गर्दै स्थानीय शासनलाई अझ प्रभावकारी र पारदर्शी बनाउनु हो । प्रशिक्षणका क्रममाकानुनी प्रक्रिया, विवाद समाधानका विधिहरू, नीति निर्माणको आधारभूत पक्ष तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत जानकारी प्रदान गरिनेछ ।

गाउँपालिकाका जनप्रतिनिधिहरूले तालिम प्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसले आफूहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्याउनेविश्वास व्यक्त गरेका छन् । तालिमको सफल सञ्चालनले स्थानीय शासनलाई थप सुदृढ बनाउने अपेक्षा गाउँपालिका गरिएको छ ।




















