बुलिङ्गटार १२ फागुन । १५औँ बृहत रमाइलो थामबेसी मेलाको विभिन्न मनोरन्जनात्मक कार्यक्रम तथा खुला पुरूष भलिबल कार्यक्रम सम्पन्न भएको छ ।
थामबेसी स्पोर्टस क्लब थामबेसीको आयोजनामा बुलिङ्गटार गाउँपालिका १ थामबेसी, ताले बजारमा मिती २०८१ फाल्गुन ७ गते देखि १० सम्म विभिन्न कार्यक्रमहरु गरी सम्पन्न गरिएको हो ।
कार्यक्रमहरु ७ गते मेला समुद्घाटन समारोह सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकाहरुको बेजोड प्रस्तुति कलाकारहरु रास्ट्रिय लोकदोहोरी गायक सिद्धार्थ आले,उर्मिला पुलामी मगर,मेख अस्लामी मगर,जेश थापा, स्थानीय डान्सर कलाकारहरुको प्रस्तुति रहेको छ, भने ८ गते भलिबल समुद्घाटन तथा विभिन्न मनोरन्जनात्मक खेलहरु ठेलो,घईटो फोर र रसाकसि खेल ,९ गते भलिबल खेल संचालन,१० गते कार्यक्रम सम्पन्न गरिएको क्लुबका सचिव लोक प्रसाद रामदामले जानकारी गर्नुभएको हो ।
प्रमुख अतिथि बुलिङ्गटार गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले समुद्घाटन गर्नुभएको थियो ।
यस कार्यक्रमलाई सहयोग गर्ने सहयोगी संघ संस्थाहरु सरस्वती महिला समुह,प्रगति महिला समुह नचरी समुह सम्पूर्णलाई क्लबको तर्फबाट धन्यवाद दिनु भएको छ ।



















