गैंडाकोट १६ फागुन । गुरांस फुल्यो भिरका गायक सुरेस अन्जान ले बजारमा एक पछि अर्को नया प्रस्तुती लिएर आउनु भएको छ ।
पछिल्लो समय बिभिन्न मेला महोत्सव देखि साना ठुला कर्यक्रम मा अत्यधिक ब्यस्त हुने अन्जानले करिब डेड दशक भन्दा पहिला देखि संगितिक क्षेत्रमा हात हालेका थिए । सोही समयमा राम्रो चर्चा कमाउन नसके पछि केहि समयको लागि संगितिक क्षेत्रबाट हात निकाले । उहाले सोहि समयमा दर्शक सामु गुरांस फुल्यो भिरमा,भुत बनेर, पैसाको बिटो जस्ता आसा लाग्दो गितहरु पस्कदै आउनु भएको थियो ।
दश बर्षमा खोला पनि फर्किन्छ भनेझै फेरी एक पछि अर्को प्रस्तुती पस्कदै अन्जान चर्चमा आउन सफल हुनु भएको छ । केहि समय अगाडी हावा चल्यो, माझी दाईले माछी मार्यो, सोल्टी सोल्टीनी, हुदै एक साता मात्रै अगाडी चर्चित गायिका दिपिका बयाम्बु मगर संग नरिवलको रस भन्ने गित बजारमा सर्बजनिक गर्नु भएको थियो ।
सोहि गितको अपार सफल्ता पछि अन्जानले भर्खरै मात्र सुबर्ण दुलाल द्वारा निर्देशित नया गित मेरी भुपु मायालु को पोस्टर सर्बजनिक गर्दै गितमा आफ्नै स्वर र शब्द संगित रहेको र सदिक्ष कट्टेलले आवाजमा साथ दिनु भएको जानकारी गराउनु भयो। मोडलमा चर्चित मोडल बिक्रम बुढाठोकी, दिपा साही, हिटलर थापा ले प्रमुख भुमिका निभाउनु भएको संगित सम्योजन बिमल छिनल रहेको र सोहि गित आफ्नै युटुब च्यनल सुरेस अन्जान अफिसियल बाट शनिबार ३ बजे सर्बजनिक गर्ने कुरा बुल्डंटार न्युजलाई जानकारी गर्नुभएको छ।



















