चितवन २२ फागुन । बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ ।
बिहीबार जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो । जहा जनकपुरबाट काठमाडौंका लागि ४ः४५ मा उडेको थियो ।
काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणले जहाज ग्राउन्डेड गरेर छानबिन सुरू गरिसकेको छ ।



















