Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल मगर संघ देवघाट गाउपालिकाको प्रथम अधिवेशन शनिबार देवघाटमा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन २५, आईतवार ०८:११ बजे प्रकाशित
bulingtar press ads

देवघाट २५ फागुन । नेपाल मगर संघ देवघाट गाउपालिकाको प्रथम अधिवेशन शनिबार देवघाटमा सम्पन्न भएको छ ।

उक्त अधिवेशनले खड्क बहादुर पामीआलेको अध्यक्षतामा नेपाल मगर संघ देवघाट गाउँ समिति गठन गरेको छ ।उपाध्यक्षमा तिलबहादुर गर्जा मगर, सचिवमा मनबहादुर राना मगर, सहसचिवमा विष्णुबहादुर थापा मगर र कोषाध्यक्षमा राममाया आले मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा पन्च बहादुर आले मगर, डिल बहादुर राना मगर, फुलमाया थापा मगर, देवीसरा राना मगर, कुमारी आले मगर, वोम बहादुर थापा मगर, इन्द्र बहादुर राना मगर, रमेश राना मगर , धन बहादुर मगर र रेख बहादुर मगर, चयन भएका छन यसै गरि जुली सारु मगर वडानं. १अध्यक्ष पदेन ,टेक बहादुर थापा मगर वडानं.२ अध्यक्ष पदेन , मोहन बहादुर थापा मगर वडानं.३अध्यक्ष पदेन ,राम वहादुर थापा मगर वडानं ४अध्यक्ष, पदेन, खेम वहादुर राना मगर वडानं.५अध्यक्ष, पदेन रहेका छन ।


उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले मगर जातीको सस्कार र सस्कृति र सभ्यतालाई बढाउदै अगाडि बढ्ने पर्ने बताए । मगर समुदायमा अझै पनि सामाजिक चेतनाको बिकास हुन नसकेको अध्यक्ष थापाले बताए । मगर समुदाय आर्थिक रुपले पनि अझ सबल हुन नसकेको भन्दै अध्यक्ष थापाले मगर समुदायको आर्थिक पक्ष सुधार गर्नलाइ मगर समुदायका सस्कार र सस्कृतिको व्यपार गर्नु पर्ने बताए । गाउँपालिकाले मगर र गुरुङ भाषाको प्रशिक्षणको लागि चालु आर्थिवर्षमा ३ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष थापाले बताए ।

पनि एकजुट हुन पर्ने गुरुङले बताए । वडा नम्बर ३ का अध्यक्ष टेक वहादुर आलेले मगर समाज उत्थान भएको ४३ वर्ष भईसक्दा पनि देवघाट गाउँपालिकाको प्रथम अधिवेशन भएको भन्दै मगर जातिहरुमा ढिलासुस्ती भएको बताए । मगर जातिहरु संख्याको हिसावले धेरै भएता पनि मगर जातिहरु आफ्नो हक र अधिकारको विषयमा बोल्न नसके त्यसको कुनै अर्थ नरहेको आलेले बताए ।
वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले १४२ जनजातिहरु आफ्नो भेष भुषाहरु समय अनुसार लोप हुँदै गएको भन्दै जातीय भेष भुषा र सस्कृतिलाई जोगाउन र आउने पिढिहरुलाइ ती सस्कारहरु सिकाउन पर्ने गुरुङले बताए । गण्डकी प्रदेशमा गुरुङ र मगर जातजातिहरुको संख्या बाहुल्यता भए पनि गुरुङ र मगर जातिले यीक्षेत्रमा भनेको जस्तो प्रभाव पार्न नसकेको गुरुङले बताए ।


नेपाल मगर संघ तनहुँका जिल्ला अध्यक्ष खड्क सिं थापा मगरले सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक विषयमा मगर जातिलाई जोड्नुपर्ने बताए । मगर समुदायको छोरा छोरीहरुलाई स्थानिय सरकारले प्राथमिकता दिन पर्ने भन्दै उनले मगर संगठन बनाइरहदा राजनिति विचमा ल्याउन नहुने थापाले बताए । देवघाट गाउँपालिका खेलकुद समितिका अध्यक्ष अमर फवालीले मगर जातीहरु एक भएर अगाडि बढ्न पर्ने बताए । अधिवेशनमा पार्टी नभनीकन निश्वार्थ रुपले मगर संगठन मजबुत गराउन समिति बन्नुपर्ने फेवालीले बताए ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved