Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका पुदी खानेपानीमा जनसहभागिताका साथ पाइप बिछ्याउने कार्य सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • चैत्र २, शनिबार ०८:१० बजे प्रकाशित
bulingtar press ads

बुलिङटार २ चैत । बुलिङटार  गाउँपालिका–१ मा सञ्चालित पुदी थामबेसी खानेपानी (कोटथर खानेपानी) योजना अन्तर्गत आज व्यापक जनसहभागिताका साथपाइप बिछ्याउने कार्य सम्पन्न भएको छ ।

स्वच्छ र सुरक्षित खानेपानीको सुनिश्चितता गर्न गाउँपालिकाले यस योजनाका लागि रु. १ करोड बजेट विनियोजन गरेको छ । स्थानीय समुदायको लामोप्रतीक्षालाई अन्त्य गर्दै दिगो रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्यसहित यो परियोजना अघि बढाइएको हो ।                      

आज सम्पन्न श्रमदानकार्यक्रममा पालिका अध्यक्ष दिपेन्द्र सुनारी स्वयं स्थानीयहरूसँगै सक्रिय रूपमा श्रमदानमा सहभागी हुनुभयो । उहाँ सँगै वडा नं. १ का अध्यक्ष दिल बहादुरसूर्यवंशी, अन्य जनप्रतिनिधिहरू, समाजसेवी, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थानीय बासिन्दाहरूले स्वस्फूर्त रूपमा श्रमदान गर्दै पाइप बिच्छ्याउने कार्यमा सहभागिता जनाए, जसले योजनाको कार्यान्वयनलाई थप गतिशील बनाएको छ ।

पालिका अध्यक्ष दिपेन्द्र सुनारीले स्थानीयको सहयोग र उत्साहलाई प्रशंसा गर्दै यो योजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँ स्वयं श्रमदानमासहभागी भई स्थानीयहरूसँग काँधमा काँध मिलाएर काम गर्नु भएकोले समुदायमा थप ऊर्जा सञ्चार भएको छ । उहाँले स्थानीयस्तरबाट देखिएको यस्तोसहभागिता उदाहरणीय मात्र नभई सामुदायिक विकास र सहकार्यको अनुपम नमूना पनि हो भन्दै सबैलाई हार्दिक आभार व्यक्त गर्नुभयो ।     

                           

यो खानेपानी योजना पूरा भएपछि बुलिङटार–१ का बासिन्दाहरूलाई शुद्ध र भरपर्दो पानी आपूर्ति हुने अपेक्षा गरिएको छ । यस परियोजनाले स्वास्थ्य, सरसफाइर समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । पालिका अध्यक्ष स्वयं श्रमदानमा खटिएपछि स्थानीय समुदायमा थप उत्साह रजिम्मेवारीबोध जागृत भएको छ, जसले यो योजना छिट्टै र सफल रूपमा सम्पन्न हुने आशा गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved