Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुलिङटारद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ चैत्र १० | मध्यान्ह ०१:१२ बजे

बुलिङटार १० चैत । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुलिङटारले एक दिने वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

arkhala ads

यस कार्यक्रमको उद्देश्य स्थानीय नागरिकहरूलाई वित्तीय ज्ञान प्रदान गर्दै आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्नु थियो ।

कार्यक्रमको स्वागत मन्तव्य शाखा प्रमुख इस्वर लम्सालले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सोही शाखाका कर्मचारी उमेश हरिजन चमारले गर्नुभएको थियो ।

कार्यक्रमका प्रशिक्षक शम्भु प्रसाद रेग्मीले वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा प्रकाश पार्नुभएको थियो। उहाँले पैसाको सही व्यवस्थापन, बचतको महत्व, कर्जाको उचित प्रयोग, र दीर्घकालीन आर्थिक योजनाको आवश्यकता जस्ता विषयहरूमा महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बुलिङटार गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु वीर जघा मगर ले सहभागीहरूलाई वित्तीय ज्ञानमार्फत आफ्नो व्यवसाय वृद्धि गर्न उत्प्रेरित गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले कर्जा लिएपछि अनुशासित तरिकाले प्रयोग गर्ने र नियमअनुसार समयमै भुक्तानी गर्ने ऋणीको कर्तव्य रहेको कुरा पनि उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि बुलिङटार गाउँपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृत सिताराम खनाल ले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमहरू स्थानीय नागरिकका लागि निकै उपयोगी हुने बताउनुभयो। उहाँले वित्तीय अनुशासन कायम गर्दै बचत गर्ने बानी विकास गर्न सके व्यक्तिगत आर्थिक समृद्धि मात्र नभई समग्र समाजको आर्थिक उन्नति हुने उल्लेख गर्नुभयो। साथै, उहाँले बिजय लघुवित्त वित्तीय संस्थाले सञ्चालन गरेका यस्ता कार्यक्रमहरू आगामी दिनमा अझ व्यापक रूपमा लैजानुपर्ने सुझाव दिनुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved