Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले नवलपुर जिल्ला कम्युनिष्ट पाटिको उर्वर भुमि रहेको बताउनु भए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ बैशाख ५ | मध्यान्ह १०:०१ बजे

नवलपुर ५ बैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले नवलपुर जिल्ला कम्युनिष्ट पाटिको उर्वर भुमि रहेको बताउनु भएको छ ।

arkhala ads

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपि शर्मा ओलीले आफु नवलपुरमा रहेर पार्टी संगठन निर्माणको काम गरेको स्मरण गर्दै नवलपुर जिल्ला कम्युनिष्ट पार्टीको उर्वर भुमि रहेको बताउदै नवलपुर जिल्लाका दुई वटै प्रतिनिधि सभा क्षेत्रबाट एमालेका उम्मेद्वार पराजय हुदा नेकपा एमालेलाई मात्र नभई सिङ्गो देशलाई नै क्षति पुगेको बताउनु भयो ।

उहाँले नेपालमा नेकपा एमाले राष्ट्रिय शक्ति भएकोले नेकपा एमाले मात्र नभएको भए देश ठुलो दुर्धटनामा जाने बताउदै आन्तरिक कलहबाट टाढा रहेर पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । उहाँले पाँच पाँच वर्षमा आवधिक निर्वाचन हुने भएपनी सुखी नेपाली, समृद्ध नेपाल निर्माणलाई पुरा गर्न २०८४ को निर्वाचनमा एमाले धेरै सिटमा जित्नुपर्ने भएकोले मिसन ८४ केन्द्रित गरेर संगठन निर्माणका गतिविधि संचालन गरेको बताउदै जरा अभियान नेताहरुको बीचमा मात्र सिमित नराखी वडा र टोल कमिटि सम्म लैजान आग्रह गर्नुभयो ।

प्रधानमन्त्री वलीलाई नवलपुर जिल्लाको समग्र विकासकालागि संघीय सरकारको तर्फबाट गर्नुपर्ने विकास निर्माणका कार्यहरु जिल्लाका ७ बटा स्थानीय पालिकाका प्रमुखहरुले बुझाउनु भएको थियो । पुर्व प्रतिनिधि सभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक महतले समृद्ध नवलपुरका लागि संघिय सरकारले गर्नुपर्न कार्यहरु वाचन गरेर प्रधानमन्त्री के. पि. शर्मा ओलिलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, एमाले केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्ण पौडेल, गण्डकी प्रदेश सरकारका कृषि भुमि तथा सहकारि मन्त्री पद्मा श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष एवम् संविधानसभा सदस्य जीवन श्रेष्ठ, प्रदेश सभा सदस्य लक्ष्मण पाण्डे सहित पालिका प्रमुख, उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved