बैशाख ८ चैत । डाँडाझेरी गैंडाकोट विकास समाजको १२औं वार्षिक उत्सव, ११औं साधारण सभा, भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम २०८२ सम्मपन्न भएको छ ।

गैंडाकोट ५ स्थित डाँडाझेरी गैंडाकोट विकास समाजले गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी बुलिङटार गाउपलिका वडा नं-२ वडा अध्यक्ष कमल राज वकाबल रहनु भएको थियो ।
कार्यक्रममा समाजको पुर्व अध्यक्ष, कार्यसमितिहरु,सल्लाहकारहरु र सदस्यहरु रहेको थियो । यस सस्थाको सचिव ओम प्रकास सिंजालीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रमको विविधता थप गर्दै सांगीतिक नृत्य प्रस्तुतिहरू पनि राखिएको थियो । समाजका सचिवले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्षले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम झण्डै १०२ भन्दा बढीको सहभागितामा उत्कृष्ट रूपमा सम्पन्न भएको हो । समाजले आगामी दिनहरूमा पनि समाजसेवा, आपसी सद्भाव र स्थानीय विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।




















