बुलिङटार १० चैत । डाँडाझेरी खेलकुद समितिले यस वर्ष पनि दोस्रो वडा अध्यक्ष काप खेलाउने भएको छ ।डाँडाझरी खेलकुदको आयोजनामा यहि बैशाख १२ र १३ गते दोस्रो वडा अध्यक्ष काप खुल्ला पुरुष भलिबाल खेलाउने भएको छ । बुलिङटार वडा नं -२ अन्तरगतका गाउँ टोल मात्रै सहभागी हुन पाउने भलिबल खेलमा सहभागी हुने खेलाडीहरुले नि:शुल्का रुपमा जर्सी सेट पाउने समितिका अध्यक्षले बताएकाे छन् ।



















